मनोनयन दर्ताको समय थप गर्ने निर्वाचन आयोगको तयारी ?


काठमाडौं-  निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको समय सीमा बढाउने तयारी गरिरहेको छ । प्रमुख राजनीतिक दलहरूले समयवाधि थप्न आग्रह गरेपछि आयोग स्रोतहरूले छलफलमा जुटेको जानकारी दिएका छन्।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते दलहरूले प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था छ। तर आयोगले कम्तिमा दुई दिनदेखि एक साता समय थप्ने तयारी गरिरहेको स्रोतले बताए। सम्भावना अनुसार नयाँ समय सीमा माघ ८ देखि माघ १५ गतेसम्म हुने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि आयोगमा पुगेर मनोनयन दर्ताको समय सार्न अनुरोध गरेको थियो। देउवा पक्षले सर्वोच्च अदालतमा दिएको रिटमा पनि मनोनयन दर्ता समय सार्न आदेश माग गरेको छ।

निर्वाचन आयोगले भने अहिलेसम्म समय सीमा थप्ने विषयमा औपचारिक निर्णय नगरेको जनाइएको छ।

 

प्रतिक्रिया