
रुकुम पश्चिममा खाना सर्किँएर एक पुरूषको मृत्यु
रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ स्याल खोलामा घर परिवारसँग खाना खाइरहँदा बेहोस भएका ४५ वर्षीय मेघराज बटला शुक्रबार बेलुकी मृत्यु भएका छन्।
प्रहरीका अनुसार मेघराज बटला खाना खाने क्रममा अचानक बेहोस भएका थिए। उनलाई परिवारका सदस्यहरूले तत्कालै उपचारका लागि मिसन अस्पताल, चौरजहारी पुर्याए, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले घटनाबारे जानकारी दिँदै भने,
“खाना खाने क्रममा एक्कासि सर्किएर उनको मृत्यु भएको खुलेको छ।



कागजपत्र |
