निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सडकमा


काठमाडौं- निर्वाचन आयोगले गगन थापा पक्षलाई वैधानिकता दिएपछि शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरूले विरोध प्रदर्शन थालेका छन् । आज माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा देउवा पक्षका कार्यकर्ताहरूले संविधानको मर्म संरक्षण गर्नुपर्ने, विधिको शासन कायम राख्नुपर्ने, अवैधानिक निर्णय फिर्ता गर्नुपर्ने र कानुनी राज्यको सम्मान गर्नुपर्ने जस्ता नारासहित आन्दोलन गरेका थिए ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले “लोकतन्त्र मास्न पाइँदैन”, “आयोगको पाराले दुख पायो साराले” जस्ता नाराहरू पनि उच्च स्वरमा गुन्जाएका थिए ।

शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद जारी राख्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया