आयोगले विधानविपरित निर्णय गर्यो भने देशभर आन्दोलन हुन्छः कार्यबहाक सभापति खड्का


काठमाडौं — शेरबहादुर देउवाले नेतृत्व गरिरहेको कांग्रेसले निर्वाचन आयोगले विधान र संविधानविपरित निर्णय गरेमा स्वतःफूर्तरूपमा देशैभर आन्दोलन  हुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने बताए । खड्काले विधान र संविधानविपरित निर्णय गरेमा स्वतःफूर्तरूपमा देशैभर आन्दोलन  हुने बताए ।

‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशंकाहरू छन्,’ खड्काले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं ।’

उनले त्यस्तो अवस्थामा आए पार्टीको आह्वानमा आन्दोनलमा होमिन देशभरका कार्यकर्ता र संघसंगठनलाई निर्देशन दिए ।

प्रतिक्रिया