
काठमाडौं प्रहरी बल प्रमुख राजुनाथले दिए राजीनामा
काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागु हुनेगरी राजीनामा दिएको जानकारी दिएका छन्।
पाण्डे आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट चुनावी प्रतिष्पर्धामा होमिने तयारीमा छन्। उनका अनुसार निर्वाचनमा भाग लिनका लागि प्रशासनिक जिम्मेवारीबाट बाहिरिनुपर्ने आवश्यकता रहेको थियो।
राजीनामा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बुझाइएको छ।



कागजपत्र |
