
कांग्रेस विशेष महाधिवेशनः कुन पदका लागि क–कस्को उम्मेदवारी ?
काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको उम्मेदवार मनोनयन सकिएको छ । दर्ताअनुसार सभापतिका लागि गगनकुमार थापाको मात्र उम्मेदवारी परेको छ भने उपसभापतिमा फर्मुला मन्सुर र गुरुराज घिमिरेको उम्मेदवारी परेको छ । त्यस्तै उपसभापतिमा देवराज चालिसेको पनि उम्मेदवारी परेको छ ।
त्यस्तै महामन्त्रीमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र जगदिश्वर नरसिंह केसीको उम्मेदवारी परेको छ ।
त्यस्तै सहमहामन्त्रीमा गोपाल दहित, भरतबहादुर खड्का, शम्भु बहादुर बुढाथोकी, दिलकुमारी राई, जनकराज गिरी, ओमबहादुर घर्ती, राम पल्टन साह, नारायण भट्टराई मुक्ताकुमारी चौधरी, सुरेन्द्रप्रसाद चौधरी, कर्णबहादुर बुढा, अब्दुल सतार र बहादुर सिंह लामाको उम्मेदवारी परेको जनाइएको छ । सहमहामन्त्रीका लागि खुल्ला, महिला, आदिवासी जनजाती, मधेसी, दलित, मुस्लिम, पिछडिएको क्षेत्रका लागि ७ जना चयन हुने व्यवस्था रहेको छ ।
विशेष महाधिवेशनमा मनोनयन दर्तासँगै उम्मेदवारी फिर्ताको फर्म पनि सँगै वितरण गरिएको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रभावशाली नेताहरुले लिस्ट फाइनल गरेपछि लिस्टमा नपरेका उम्मेदवारहरुको उम्मेदवारी फिर्ताको सूचना प्रकाशित गरिने र सबैलाई निर्विरोध निर्वाचित गर्नासाथ निर्वाचन आयोगमा आजै नयाँ पदाधिकारीको जानकारी गराइने पनि जनाइएको छ ।



कागजपत्र |
