चन्द्रागिरि नगरपालिकाभित्रको भौतिक संरचना रोक्न प्रशासनको निर्देशन


काठमाडौं – चन्द्रागिरि नगरपालिकाभित्र सरकारी जग्गामा स्वीकृति बिना भौतिक संरचना नबनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि नगरपालिकाको कार्यालय र महानगरीय प्रहरी वृत्त थानकोटलाई सरकारी जग्गा संरक्षण गर्न र उक्त जग्गामा भौतिक संरचना निर्माण नगर्न पत्र पठाएको हो ।

चन्द्रागिरि–८ भकुण्डे चौउरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा अनाधिकृत रूपमा कुनै पनि भौतिक संरचना नबनाउन र यस कार्यलाई रोक्नु होस भनि नगर प्रमुखलाई फोनमा निर्देशनसहित लिखित पत्र पठाइएको हो।

कुनै पनि सरकारी स्वामित्वको जग्गामा भौतिक संरचना निर्माण कार्य गर्न स्थानीय सरकारको सिफारिसमा मन्त्रीस्तरीय क्याबिनेट बैठकबाट अनुमोदन र पास गर्ने निर्णय पश्चात् मात्र भौतिक संरचना निर्माण गर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया