जसपाबाट राष्ट्रियसभामा महन्थ ठाकुर उम्मेदवार बन्ने


काठमाडौं – जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले राष्ट्रियसभा सदस्य पदका लागि महन्थ ठाकुरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकताको निर्णय भइसकेको अवस्थामा ठाकुरलाई उम्मेदवार बनाउने तयारी गरिएको हो।

लोसपाका अध्यक्षसमेत रहेका ठाकुरलाई राष्ट्रियसभाको उम्मेदवार बनाइने निर्णय भएको जसपा नेपालका महासचिव लालबाबु राउतले जानकारी दिए। उनका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा नेपालबीच चुनावी गठबन्धन हुने सहमति बनेको छ।

गठबन्धनका दलहरूबीच सिट बाँडफाँट र क्लस्टर मिलानको विषयमा थप छलफल भइरहेको बताइएको छ। गठबन्धनमार्फत साझा उम्मेदवारका रूपमा ठाकुरलाई अघि सारिने तयारी गरिएको नेताहरूले जनाएका छन्।

प्रतिक्रिया