
रास्वपाको बन्दसूचीबाट सिर्जना सिज्जु पनि ‘ब्याक’
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा समावेश रहेकी सिर्जना सिज्जु (सिर्जना वली) ले आफ्नो नाम फिर्ता लिएकी छन्।
सोलो ट्राभलमार्फत पर्यटन प्रवर्धनमा सक्रिय सिर्जनाले सामाजिक सञ्जाल फेसबुकमार्फत बन्दसूचीबाट नाम फिर्ता लिइसकेको जानकारी दिएकी हुन्। समानुपातिक सूचीमा आफ्नो नाम रहेको विषयमा स्पष्ट पार्दै उनले लेखेकी छन्, ‘…तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु। यात्रामा भएकाले र प्राविधिक समस्याका कारण जानकारी दिन केही दिन ढिला हुन गयो।’
उनले नाम फिर्ता लिएसँगै रास्वपाको समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या आठ पुगेको छ। यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, प्राध्यापक महेन्द्र लावती, मिलन लिम्बु र अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका छन्।



कागजपत्र |
