कोशीमा नयाँ अनुहारसहित मन्त्रिपरिषद् पुनर्गठन


काठमाडौं — कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ।

मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

पुनर्गठनअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा प्रदीप कुमार सुनुवार, पर्यटन मन्त्रीमा भीम पराजुली, खानेपानी मन्त्रीमा तिलचन पाठक र आन्तरिक मामिला मन्त्रीमा इन्द्रमणि पराजुली नियुक्त भएका छन्।

यस्तै, आर्थिक मामिला मन्त्रीमा विदुर कुमार लिंथेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो र स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बु नियुक्त भएका छन्। उद्योग मन्त्रीमा इस्राइल मन्सुरी नियुक्त हुँदा आन्तरिक मामिला राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार राज्यमन्त्रीमा शोभा चेम्जोङ नियुक्त भएका छन्।

प्रदेश प्रमुखको कार्यालयले नियुक्तिसम्बन्धी जानकारी दिएको हो।

p

प्रतिक्रिया