कांग्रेस कार्यालयमा धकेलाधकेल


काठमाडौं-  नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि पार्टी केन्द्रीय कार्यालय प्रवेश गर्ने क्रममा विशेष महाधिवेशन पक्षधर समूहले अवरोध गरेका छन्।

मंगलबार निधि कार्यसम्पादन समिति बैठकमा सहभागी हुन लाग्दा केन्द्रीय कार्यालयको मुख्य गेटमा भेला भएका महाधिवेशन पक्षधरहरूले प्रवेशमा रोक लगाएका थिए। पछि प्रहरीको सहायतामा निधि कार्यालयभित्र प्रवेश गर्न सफल भए।

भित्र छिरेपछि निधिले आफूलाई पार्टी कार्यालय प्रवेश गर्न रोक लगाउने कांग्रेसी नभएको बताएका थिए। उनले भने, ‘तपाईँहरू कांग्रेसी होइन।’ यसपछि महाधिवेशन पक्षधरहरूले नाराबाजी र विरोध प्रदर्शन जारी राखे।

पार्टी प्रवेशमा अवरोधका क्रममा निधि र पक्षधरबीच धकेलाधकेलको स्थिति समेत सिर्जना भयो। निधिले विशेष महाधिवेशन नभएपछिको अवस्था औँल्याउँदा उनीविरुद्ध ‘मुर्दावाद’का नारा समेत लगाइएको थियो।

विशेष महाधिवेशन पक्षधरले अन्य खेमाका नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न रोक लगाउने प्रयास पनि जारी राखेको छ।

प्रतिक्रिया