जाँचबुझ आयोगले काट्यो केपी ओलीलाई पत्र


काठमाडौं- जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ। लेखकको बयान सम्पन्न भएपछि आयोगले अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि बोलाएको हो।

आयोगले यसअघि सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला व्यक्तिहरूसँग पनि बयान लिइसकेको छ।

सरकारले असोज ६ गते कार्कीको संयोजकत्वमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी आयोग गठन गरेको थियो। तीन महिनाको म्याद पाएको आयोगले तोकिएको समयभित्र काम नसकिएपछि एक महिना म्याद थप पाएको छ।

जेनजी आन्दोलनका क्रममा भएका गतिविधि, निर्णय प्रक्रिया र राज्य संयन्त्रको भूमिकाबारे आयोगले विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया