
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त
काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगले पुस २५ गतेदेखि लागू हुने गरी देशभरका ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी दिएको छ भने नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नियुक्त मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ गतेदेखि आफू खटिएको निर्वाचन क्षेत्रभित्र कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्य सञ्चालन गर्नेछन् ।
आयोगद्वारा जारी विज्ञप्तिमा निर्वाचनको तयारीलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रारम्भिक चरणमै निर्वाचन अधिकृतहरू खटाइएको उल्लेख गरिएको छ ।
Skip to PDF content


कागजपत्र |
