कैलालीमा आफ्नै कामदारमाथि बलात्कार गर्ने सेकुवा सेन्टर सञ्चालक पक्राउ


कैलाली- कैलालीको गोदावरी नगरपालिका–८ मा एक नावालिक किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। पुस १५ गते राति किशोरीमाथि बलात्कार भएको बताइएको हो।

प्रहरीका अनुसार गोदावरी–८ स्याउलेस्थित काका सेकुवा सेन्टरका सञ्चालक टेकबहादुर साउँदले सोही स्थानमा रहेको सीही सेकुवा सेन्टरमा काम गर्दै आएकी नावालिक किशोरीमाथि बलात्कार गरेका हुन्। ती किशोरी लामो समयदेखि सेकुवा सेन्टरमा काम गर्दै आएकी थिइन्। पुस १५ गते राति साउँदले उनलाई बलात्कार गरेको पीडितको आरोप छ।

मालाखेती इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले घटनापछि भोलिपल्ट नै पीडितको उजुरीका आधारमा आरोपीविरुद्ध मुद्दा दर्ता गरिएको जानकारी दिए। उनले बलात्कार आरोपित टेकबहादुर साउँदलाई शनिवार नियन्त्रणमा लिइएको बताए।

प्रहरी निरीक्षक पन्तका अनुसार पुस १५ गते राति घटना भएको भन्दै पीडितका तर्फबाट प्रहरीमा उजुरी परेको थियो। उक्त उजुरीका आधारमा मुद्दा दर्ता गरिएको हो भने सेकुवा सेन्टरका सञ्चालक साउँदलाई शनिवार पक्राउ गरिएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया