समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेको फुबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकालले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा परेकोभन्दै चौतर्फी विरोध भएपछि उनले शनिबार उम्मेदवारी फिर्ताको घोषणा गरेको हुन् । ‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ ढकालले फेसबुकमा लेखेका छन् ।

ढकाल व्यवसायी चन्द्र ढकालका छोरा हुन् ।

 

प्रतिक्रिया