रास्वपा नेता बोहरामाथि आफ्नै कार्यकर्तालाई मार्ने धम्की दिएको बात


काठमाडाैं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य दिपक बोहराले पार्टीका कार्यकर्ता डम्बर साउदलाई शारीरिक हानी पुर्‍याउने धम्की दिएकाे आरोप लागेको छ।

कैलालीका साउदले फेसबुक म्यासेन्जरमार्फत सार्वजनिक गरेको जानकारी अनुसार, उनले अबसम्म पार्टीका लागि रातदिन आफूलाई समर्पित गरेको भए पनि कैलाली क्षेत्र नम्बर ५ बाट सुदूरपश्चिमका सभापति प्रकाश बिष्ट बाहेक अन्यलाई नमान्ने भन्दा बोहराले उनलाई फेसबुक म्यासेन्जर कलमा ‘तेरो घरबाट तलाई गायब गर्छु’ भनेर धम्की दिएका थिए।

साउदले लेखेका छन् “हामीले राम्रो मान्छेको लागि बोल्न नपाउने हो ?  त्यो धम्कीबाट म कतै विचलित नभई रातदिन राष्ट्रिय स्वतन्त्र पार्टीको लागि लाग्नेछु।”

दिपक बोहरा रास्वपाका सभापति रवि लामिछानेका विश्वासपात्र मानिन्छन् ।

 

 

प्रतिक्रिया