
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ। बैठक भोलि (शुक्रबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार दिउँसो विशेष महाधिवेशनको मिति तोकेपछि पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो।
बैठक आह्वान गर्नुअघि सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग परामर्श तथा छलफल गरेका थिए।




कागजपत्र |
