
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान, भोली ३ बजे बस्ने
काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि (शुक्रबार) दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिको लागि अनुरोध गरिएको छ ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार दिउँसो विशेष महाधिवेशनको मिति तोकेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।




कागजपत्र |
