देउवाले डाकेको महामन्त्रीहरूसँगको बैठक स्थगित


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई महामन्त्री र कार्यवाहक सभापतिसहितका नेताहरूसँग बिहीबार अपराह्न ५ बजेका लागि बोलाएको बैठक स्थगित गरेका छन्।

स्रोतका अनुसार देउवाको सचिवालयबाट बैठकका लागि बोलाइएको भए पनि पछि मुख्यसचिवमार्फत बैठक स्थगित गरिएको जानकारी दिइएको हो। सभापति देउवाले आफ्नै व्यस्ततालाई कारण देखाउँदै बैठक स्थगित गरेका हुन्।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक भोलि बस्ने तयारी रहेको जनाउँदै भने, “भोलि बस्ने भन्ने भएको छ, तर समय भने निश्चित भइसकेको छैन। कुन समयमा बस्ने भन्ने जानकारी पछि गराइनेछ।”

विशेष महाधिवेशन आयोजना गर्ने तयारीस्वरूप भृकुटीमण्डपस्थित हल बुक गरिसकेपछि देउवाले महामन्त्रीद्वयसँग छलफल गर्न बैठक डाकेका थिए। तर अन्तिम समयमा आएर बैठक स्थगित गरिएको हो।

प्रतिक्रिया