
रास्वपाको समानुपातिक सूचीमा प्रकाश सपुतदेखि रिमा विश्वकर्मासम्म, अरु को–को परे ? (सूचीसहित)
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको छ । सोमबार मात्र कुलमान घिसिङलाई पार्टीमा भित्र्याएपछि अबेर गरी आयोगमा सूची बुझाइएको हो ।
रास्वपा, बालेन शाह र घिसिङको सूचीलाई मिलाएर रास्वपाले आयोगमा दर्ता गरेको हो ।
जसमा चमार समुदायका स्वास्थ्य अभियन्ता डा. रामजी रामलाई पनि समावेश गरिएको छ । उनी यसअघि जेनजी सरकारमा स्वास्थ्यमन्त्री बन्ने हल्ला समेत चलेका व्यक्ति हुन् ।
रास्वपाले पेश गरेको बन्दसूचीमा गायक प्रकाश सपुत, कलाकार रिमा विश्वकर्मादेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म अटाएका छन् ।
सपुत दलिततर्फ दोस्रो नम्बरमा रहेका छन् भने रिमा दलित महिलामा पहिलो नम्बरमा रहेकी छिन् ।
सूचीः



कागजपत्र |



