बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको निधन 


काठमाडौं – बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिष्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ। लामो समयदेखि बिरामी परेकी उनको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो।

‘हाम्रो मनपर्ने नेता अब हामीमाझ रहनुभएन। उहाँले आज बिहान ६ बजे हामीलाई छोडेर जानुभयो’, बीएनपीले फेसबुकमा लेखेको छ।

केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखासम्बन्धी समस्याबाट ग्रसित उनी २० दिनदेखि भेन्टिलेटरमा रहेकी थिइन्। सोमबार राति चिकित्सकले जियाको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको बताएका थिए। उनलाई जीवनरक्षक प्रणालीमा राखिएको थियो, तर उनको उमेर र समग्रमा कमजोर स्वास्थ्यका कारण एकै समयमा धेरै उपचार गर्न सम्भव नभएको उनीहरूले बताएका थिए।

जियाको जन्म १९४५ मा भएको थियो ।

प्रतिक्रिया