सुनौली नाकाबाट भारत प्रवेश गर्दै गरेकी महिला पक्राउ


काठमाडौं-  भारतीय प्रहरीले काभ्रेपलाञ्चोककी शर्मिला लामालाई पक्राउ गरेको छ। उनलाई शनिवार सुनौली नाकाबाट भारत प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिइएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार शर्मिला लामाले हङकङमा घरेलु कामदारको रूपमा जान भारतीय नक्कली दस्तावेज प्रयोग गरेकी पाइएकाे छ। सोधपुछको क्रममा उनको साथबाट नेपाली नागरिकताको स्वप्रमाणित प्रतिलिपि समेत बरामद भएको छ।

अध्यागमन र प्रहरी टोलीले उनको दस्तावेजमा शंका पाएपछि उनी पक्राउ परेकी हुन्। नक्कली विवरणसहित भारतीय राहदानी र आधार कार्ड बनाएर किर्ते गरेको आरोपमा उनलाई नियन्त्रणमा राखिएको र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया