
आगामी निर्वाचन नलड्ने पम्फा भुसालकाे घोषणा
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम्मेदवार नबन्ने निर्णय गरेकी छन्। उनले यो निर्णय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्।
भुसालले तत्कालीन माओवादीबाट दुईपटक प्रत्यक्ष निर्वाचन जितेर मन्त्रीसमेत भइसकेकी छन्। अब आफ्नो अनुभव पार्टीभित्र संस्थागत रुपमा प्रयोग गर्ने योजना बनाएकी छन्। उनले लेखेकी छन्, “म पहिले नै दुईपटक प्रत्यक्ष निर्वाचन जितिसकेकी छु र मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेकी छु। अब त्यो अनुभव पार्टीलाई बलियो बनाउन प्रयोग गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेकी छु।”
उनले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेल्ने बताउँदै अवसर नपाएका सक्षम र ऊर्जाशील युवालाई अघि बढाउनुपर्ने धारणा राखेकी छन्।
भुसाल तत्कालीन माओवादीबाट दुईपटक प्रत्यक्ष चुनाव जितेकी नेतृ हुन्। तर २०७९ को निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट रास्वपाकी तोसिमा कार्कीसँग पराजित भएकी थिइन्।



कागजपत्र |
