
नागार्जुनमा उत्पादन भएको रायो सागमा अत्यधिक विषादी
काठमाडौं- काठमाडौं उपत्यकामा उत्पादन हुने रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नागार्जुन नगरपालिका–६ र ७ (रामकोट) का पाँच वटा तरकारी फार्ममा परीक्षण गरेको थियो। विभागले पाँचै फार्मका साग र गोलभेँडाबाट १४ वटा नमुना संकलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमा जीवनाशक विषादीको अवशेष परीक्षण गरेको थियो।
परीक्षणको नतिजा अनुसार चारवटा फार्मको रायो साग र गोलभेँडा मापदण्डभित्र रहे पनि एउटा फार्मको रायो सागमा अत्यधिक विषादी रहेको पाइएको छ। परीक्षणमा उक्त सागमा अर्गानोफस्फोरस वर्गको विषादी ९९.५२९ प्रतिशत रहेको देखिएको छ।
सरकारले ३५ प्रतिशतभन्दा कम मात्रामा विषादी भेटिएमा मात्रै खाद्यजन्य सामग्री उपभोगयोग्य मानेको छ। अत्यधिक विषादी भएको रायो साग खान अयोग्य ठहर गर्दै बिक्री नगर्न निर्देशन दिइएको विभागले जनाएको छ।



कागजपत्र |
