प्रहरीका २० कर्मचारीलाई हेडक्वार्टरको निर्देशन, ‘७ दिनभित्र सम्पर्कमा आउनू’


काठमाडौं – नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी पछिल्लो दुई महिनादेखि कार्यालयमा गैरहाजिर रहेका छन् ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै उनीहरूलाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार केही कर्मचारी असोजदेखि र केही कात्तिक महिनादेखि आफूखुशी गैरहाजिर छन् ।

खोजतलास तथा प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी सूचना टाँस गर्दासमेत उनीहरू सम्पर्कमा नआएको जनाइएको छ ।

सूचनामा भनिएको छ, ‘गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाइनेछ।’

prahari-samparkabihin-1766710572.jpg

 

प्रतिक्रिया