भरुवा बन्दुक पड्कँदा युवकको मृत्यु


ताप्लेजुङ – बारुद भरेका बेला भरुवा बन्दुक पड्कँदा ताप्लेजुङमा एक युवकको मृत्यु भएको छ ।

मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षीय फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आइतबार (पुस ६) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।

स्थानीय तिलोकसिंह लिम्बूको अलैँचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया