
सरकारका गतिविधि निर्वाचनका लागि बाधकः डा. शेखर
काठमाडौं — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ का लागि घोषित निर्वाचनका लागि सरकारले वाताव्रण बनाउन नसकेको आरोप लगाएका छन् ।
डा. कोइरालाले आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता तथा कार्यकताहरूसँगको भेटमा घोषित निर्वाचन जसरी पनि हुनै पर्ने तर सरकारका गतिविधि नै निर्वाचनका लागि बाधक रहेको जनाएका छन् ।
‘प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस निर्वाचनमा जान आतुर छु’ डा. कोइरालाले भने, ‘संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो । हामी निर्वाचनको मिति कुरेर बसेका छौँ । तर, सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका जन्मिएको छ ।’
‘दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिरै छन्,’ कोइरालाले प्रश्न गर्दै भने, ‘यसबारेमा सरकारले के सोचेको छ?’



कागजपत्र |
