
कोमल वली र सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा विजयी
काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा कोमल वली र सुनिता डंगोल केन्द्रीय सदस्यमा विजयी भएकी छन्।
बिहीबार सम्पन्न निर्वाचनमा ओली प्यानलको खुला महिला क्लस्टरबाट कोमल वली केन्द्रीय सदस्यमा निर्वाचित भइन्। उनले १७७८ मत प्राप्त गरिन्। यसअघि पनि उनी एमालेकै कोटाबाट राष्ट्रिय सभा सदस्य रहिसकेकी छन् र पार्टीको १०औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य थिइन्। गायिका समेत रहेकी कोमल वली पहिले राप्रपाबाट राजनीति सुरु गरेर एमालेमा प्रवेश गरेकी थिइन्।
त्यसैगरी, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पहिलो पटक नेकपा एमालेको केन्द्रीय सदस्यमा विजयी भइन्। उनी ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी थिइन् र उक्त कोटामा आरक्षित एक मात्र पद जितेकी छन्।
प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै उनले १६६८ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी ई. राजन थापा र सन्तोष खड्काले क्रमशः २२९ र ३३० मत पाए।



कागजपत्र |
