
अध्यक्षका प्रत्यासीद्वय ओली र पोखरेललाई नै लाग्यो ५५ मिनेट
काठमाडौं – नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व तथा पदाधिकारी चयनका लागि बुधबार मतदान जारी रहेको छ ।
बिहान साढे १० बजेसम्म १६० जना प्रतिनिधिले मतदान गरेको केन्द्रीय निर्वाचन आयोगका सानुराजा पोखरेलले जानकारी दिए । महाधिवेशनमा कूल २ हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् ।
यसअघि, पार्टीको अध्यक्ष पदका प्रत्याशी रहेका केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय मेसिनबाट पहिलो मतदान गरेका थिए ।
आयोगका अनुसार दुवैलाई मतदान गर्न करिब ५५ मिनेट समय लागेको थियो ।
‘केही प्रतिनिधिले छिटोमा २५ मिनेटमा नै मतदान गरेका छन्,’ पोखरेलले भने ।



कागजपत्र |
