
सुन प्रतितोला ७ सय रूपैयाँले बढ्दा चाँदी कति बढ्यो ?
काठमाडौं – नेपाली बजारमा निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेको छ ।
मंगलबारको तुलनामा आज (पुस २) सुन तोलामा ७०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५९ हजार ७०० कायम भएको छ ।
अघिल्लो दिन दुई लाख ५९ हजारमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदी पनि १ सय ७० रुपैयाँले बढेर चार हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।



कागजपत्र |
