एमाले अधिवेशन: ओली समूहका पासाङ शेर्पाकाे उम्मेदवारी खारेज


काठमाडौं-  नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। उनले आदिवासी–जनजाति खुलातर्फ उम्मेदवारी दर्ता गरेका थिए।

तर बहुविवाह मुद्दामा दोषी ठहर भएका कारण उजुरी दर्ता भएको थियो। निर्वाचन आयोगले उजुरीको समीक्षा पछि शेर्पाको उम्मेदवारी खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको छ।

शेर्पालाई केपी शर्मा ओली समूहले उम्मेदवारको सूचीमा राखेको थियो। निर्वाचन आयोगको निर्णयपछि उनको उम्मेदवारी आधिकारिक रूपमा अस्वीकृत भएको छ।

प्रतिक्रिया