नेपाल क्रिकेटको स्वर्णिम युगमा प्रवेश गरेको छ : अध्यक्ष चन्द


काठमाडौं-  नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षणले आफू उत्साहित भएको बताएका छन्। उनका अनुसार दर्शकहरूको निरन्तर समर्थन र माया नै अहिलेको क्रिकेट विकासको प्रमुख आधार बनेको छ।

किताब यात्रा फाउन्डेशनद्वारा आयोजित ‘किताब जात्रा’ कार्यक्रममा बोल्दै चन्दले पछिल्ला चार वर्षमा नेपाली क्रिकेट स्वर्णिम युगमा प्रवेश गरेको दाबी गरे। उनका अनुसार खेलाडिहरूले क्रिकेटमार्फत देशलाई विश्वसामु चिनाउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

‘इच्छा शक्ति र प्रतिबद्धता भए विकास असम्भव हुँदैन भन्ने कुरा त्रिवि क्रिकेट मैदानको रूपान्तरणले प्रमाणित गरिदिएको छ,’ चन्दले भने। ‘यसले हाम्रो खेल क्षेत्रमा नयाँ ऊर्जा थपेको छ।’

स्रोत–साधनको अभावले अनेक चुनौती भएका सत्ता पनि खेलाडिहरूको मेहनत प्रेरणादायी भएको उनको भनाइ छ। चन्दका अनुसार क्रिकेटले देशलाई अझ माथि पुर्‍याउने सम्भावना ठूलो छ।

उनले नेपाली खेलाडिहरूले वर्षैनि करोडौँ आय आर्जन गर्ने क्षमता बनाइसकेको उल्लेख गर्दै विभिन्न प्लेटफर्ममार्फत दर्शकको सहभागिताका कारणमात्र एनपीएलमार्फत अहिलेसम्म ६ करोड रुपैयाँ आम्दानी भएको जानकारी दिए।

प्रतिक्रिया