पूर्व आईजीपी खापुङ र पूर्व गृहसचिव दुवाडीको बयान जारी, आज आईजीपी कार्कीको पालो


काठमाडाैं- आज (शुक्रबार) प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको बयान लिने तयारी गरेको छ। आयोगले बयानका लागि आईजीपी कार्कीलाई पत्र पठाइसकेको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

भदौ २३ र २४ का घटनाहरूको व्यापक छानबिनका लागि गठित आयोगले हाल उच्च सुरक्षा अधिकारीहरूको क्रमिक रूपमा बयान लिइरहेको छ। आयोगका अनुसार बिहीबारदेखि नै बयान दिन उपस्थित भएका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणी दुवाडीको बयान प्रक्रिया अझै सकिएको छैन। उनीहरूलाई आज पनि पुनः उपस्थित गराउने तयारी छ।

यसअघि आयोगले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको बयान लिसकेको थियो। त्यतिबेला मुख्यसचिवले भने आफ्नो बयान पूरा गरिसकेका छन्।

प्रतिक्रिया