पोखरा विमानस्थलमा भ्रष्टाचार प्रकरण: ५ पूर्वमन्त्रीसहित ५५ जनाभन्दा बढीविरुद्ध मुद्दा


पोखरा-  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्वमन्त्रीसहित ५५ जनाभन्दा बढी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्न लागेको छ। मुद्दा दर्ता प्रक्रियामा रहेको र मिसिलमा ८ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ।

अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ। त्यस्तै १० जना तत्कालीन सचिव, सहसचिव, नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरू र परियोजना सम्बन्धी कर्मचारीहरू पनि प्रतिवादी बनाइएको छ।

पूर्वमन्त्री पोष्टबहादुर बोगटीको निधन भइसकेको छ भने डा. रामशरण महत अल्जाइमरका कारण सक्रिय राजनीतिमा छैनन्। एमाले नेता भीम आचार्य विघटित प्रतिनिधिसभा सदस्य र उपाध्यक्ष पदका दाबेदार हुन्। रामकुमार श्रेष्ठ पहिले नै अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भइसकेका छन्।

अख्तियार स्रोतका अनुसार, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन, परियोजना प्रबन्धक प्रदिप अधिकारी लगायतका उच्च अधिकारी पनि प्रतिवादी हुन्। सचिव मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मा र सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलाई समेत विपक्षी बनाइएको छ।

 

प्रतिक्रिया