जुवातास खेलेको आरोपमा ललितपुरबाट ७ जना पक्राउ


काठमाडौं- ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापबाट जुवाता खेलेको आरोमाप प्रहरीले सात जानलाई पक्राउ गरेको छ ।

डकुछाप बस्ने ५० वर्षीय श्याम कुमार जिसीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा श्याम कुमार समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग बुंगमती र प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय १० रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया