
जेनजी आन्दोलनपछि ओली- देउवाकाे पहिलो भेट
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो महाराजगञ्जस्थित देउवा निवास पुगेका छन्। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार ओली केही बेरअघि देउवा भेट्न निवास पुगेका हुन्।
दुई नेताबीच अहिले भेटवार्ता जारी रहेको र उनीहरूले पछिल्लो राजनीतिक परिस्थिति, सत्ता समीकरण तथा जेनजी आन्दोलनपछिको वातावरणबारे विस्तृत छलफल गरिरहेका सचिवालय स्रोतहरूले जनाएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओली र देउवाबीच प्रत्यक्ष भेटवार्ता पहिलो पटक भएको हो। लामो समयपछि दुई नेताको भेटलाई विशेष महत्वका साथ हेरिएको छ।



कागजपत्र |
