
जनकपुर बोल्ट्सले टस जित्यो, पहिले ब्याटिङ गर्ने
काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा आज एकमात्र खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस जितेर जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
लुम्बिनीले ६ खेलबाट ६ अङ्क जोडेको छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन् । जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ ।



कागजपत्र |
