ईश्वर पोखरेलको टिमले गुण्डु पुगेर ओलीसँग गर्‍यो तीन घण्टा लामो छलफल


काठमाडौं-  एघारौँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका दावेदारहरूबीच भेटघाट र शक्ति–सम्पर्क तीव्र बन्दै गएको छ। अध्यक्ष बन्ने तयारीमा रहेका नेता ईश्वर पोखरेलको टिम अध्यक्ष केपी शर्मा ओली रहेको गण्डु पुगेर छलफलमा बसेको छ।

नेता पोखरेलसँगै अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र योगेश भट्टराई गण्डु पुगेका थिए। महाधिवेशनको एजेन्डा, टिम निर्माण र नेतृत्व व्यवस्थापनबारे करिब तीन घण्टा विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

आसन्न महाधिवेशनमा तेस्रो कार्यकालका लागि ओली स्वयं अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने वरिष्ठ उपाध्यक्ष पोखरेलले पनि आफू अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रने खुलेर घोषणा गरिसकेका छन्। दुवै पक्ष आ–आफ्नो टिम बनाउने काममा जुटिरहेका छन्।

 

प्रतिक्रिया