धोबीखोलामा काभ्रेका गिरीको शव फेला


काठमाडौं – काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोलामा साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान करिब ६ः५० बजेको समयमा मदनभण्डारी कलेज नजिकैको पुलमुनि उनको शव फेला परेको हो।

मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका(१ घर भई हाल शंखमुल बस्ने करिब ५० वर्षीय ललित गिरी रहेको उनकी श्रीमतीले सनाखत गरेकी छिन् ।

घटनास्थलमा प्रहरी टोली खटिएको र लास जाँच मुचुल्काको कार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानको कार्य अगाडि बढाइएको छ। मृत्युको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया