
जनकपुर बोल्ट्सका खेलाडी कालोपट्टी बाँधेर मैदानमा
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को चलिरहेको खेलमा चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सका खेलाडीहरूले लेफ्ट आर्ममा कालोपट्टी बाँधेर खेलिरहेका छन्। खेलाडीहरूले श्रीलंकामा गएको भीषण बाढीमा ज्यान गुमाएका मानिसप्रति श्रद्धाञ्जली व्यक्त गर्न कालोपट्टी लगाएको जनकपुर बोल्ट्सले जनाएको छ।
जनकपुरका खेलाडीहरूले सामूहिक रूपमा टिम जर्सीसँगै हातमा कालो आर्मब्यान्ड बाधेर मैदान प्रवेश गरेका थिए।
श्रीलंकाको विपद् व्यवस्थापन सेन्टरलाई उद्धृत गर्दै अल जजिराले आइतबार सार्वजनिक गरेको रिपोर्टअनुसार बाढीका कारण मृत्यु हुनेको संख्या ३६६ पुगेको छ।



कागजपत्र |
