
जनकपुरले पायो १७७ रनको लक्ष्य
काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा चितवन राइनोज्ले जनकपुरलाई १७७ रनको लक्ष्य दिएको छ ।
जनकपुर बोल्ट्सविरुद्ध चितवनका डेभिड मलाना र अर्जुन चन्दको शानदार ब्याटिङसहित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएपछि जनकपुरले उक्त लक्ष्य पाएको हो ।
मलानले ८० रन बनाउँदा अर्जुनले ५२ रन बनाएका थिए ।
चितवनका लागि सेफ जैबले ७ रन बनाए भने रवि बोपरा ३ रनमा आउट हुँदा कप्तान कुशल मल्लले ३० रनको पारी खेलेका थिए ।



कागजपत्र |
