सहकारी पीडितको प्रदर्शन जारी


काठमाडौं- सहकारी पीडितहरूको निरन्तरको संघर्ष थामिएको छैन। मंसिर ५ गतेदेखि बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयअगाडि पीडितहरूले  क्रमिक रूमा आन्दोलन चलाइरहेका छन्।

सोमबार पनि उनीहरूले प्रदर्शन जारी राखे। सहकारीमा बचत गरेको रकम फिर्ता दिनुपर्ने, हिनामिना गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने लगायतका मागसहित पीडितहरू सडकमा उत्रिँदै आएका छन्।

प्रदर्शनमा सहभागीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘बचतकर्ताको सम्पूर्ण रकम फिर्ता गर’, ‘सरकार समस्याग्रस्त सहकारीमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै?’ ‘भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाए।

प्रतिक्रिया