
एमाले मकवानपुर अध्यक्ष नै महाधिवेशन प्रतिनिधिमा पराजित
मकवानपुर- नेकपा एमालेको ११औँ महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि छनोट प्रक्रियामा मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल पराजित भएका छन्। हाल स्वास्थ्य उपचारका लागि काठमाडौंमा रहेका पोखरेल मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट खुला सदस्यका उम्मेदवार बनेका थिए। ३३४ मत पाए पनि उनी प्रतिनिधि बन्न सफल हुन सकेनन्।
यसैगरी सोही समूहबाट पूर्व राष्ट्रिय सभा सदस्य रामचन्द्र राई पनि छनोटमा पराजित भए। राईले ३०२ मत प्राप्त गरेका थिए। अध्यक्ष पोखरेल एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट नेता मानिन्छन्।
क्षेत्र नम्बर–१ बाट युवातर्फ बोलबहादुर कार्की, खुलातर्फ नवीन सिग्देल, सुनिल मोक्तान, फुर्बा दोर्जे लामा र अणराज जर्गा मगर चयन भए। महिलातर्फ आरती पाठक, सीता विष्ट र विनाकुमारी थिङ प्रतिनिधि बन्न सफल भए। खुलातर्फ मात्रै १७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
मकवानपुरबाट कुल १७ जना महाधिवेशन प्रतिनिधि छनोट हुनुपर्नेमा जम्मा ८३ जनाले उम्मेदवारी दिएका थिए।



कागजपत्र |
