महिन्द्रा बोलेरोको बिक्री उल्लेख्य: गत वर्षको तुलनामा ३ सय प्रतिशतको वृद्धि


काठमाडौं – गत वर्षको तुलनामा भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राको चर्चित युटिलिटी भेइलक बोलेरोको बिक्री उल्लेख्य रुपमा बढेको छ।

महिन्द्राले २०२१ के फेब्रुअरीमा १५ हजार ३ सय ८० वटा कार दर्ता भएको हो। यो वर्षको फेब्रुअरीको बिक्री गत वर्षको सोही अवधिको तुलनामा ३ सय २८ प्रतिशतको वृद्धि भएको भारतीय सञ्चार माध्यमले लेखेका छन्।

महिन्द्राले बोलेरो पिकअपको बिक्री २००० बाट सुरु गरेको थियो। दुई दशकदेखि भारतीय बजारसहित नेपालमा समेत बोलेरो पिकअप निक्कै चर्चित युटिलिटी भेइकलको रुपमा रहेको छ।

महिन्द्रा भारतको पाँचौं ठूलो प्यासेन्जर कार उत्पादक कम्पनी हो। नेपाली बजारमा २३ लाखदेखि ४० लाख रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री हुँदै आएको छ।

प्रतिक्रिया