देउवा भन्छन्– रामचन्द्रजी बास्तविक धरातलमा बस्नुस्, चुनावमा जानुपर्ने हुनसक्छ


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक विषयमा बोल्दा बास्तविक धरातलमा उभिएर बोल्न बरिष्ठ नेता रामचन्द्र पौडेललाई सुझाव दिएका छन्।

शुक्रबार राजधानीमा भएको एउटा कार्यक्रममा देउवाले अहिले सरकार बनाउनका निम्ति संख्याको समस्या रहेको बताउँदै पौडेललाई भने,‘हामीसँग संसद बोलाउने संख्या पनि छैन, यस्तो अवस्थामा बहुमत पुग्नेगरी तयारी नगरी कसरी सरकार बनाउने? बास्तविकता त बुझ्नुपर्छ नि। खाली सरकार, सरकार भनेर हुँदैन।’

संसदमा अविश्वासको प्रस्ताव राख्ने कांग्रेसको संख्या नपुग्ने उल्लेख गरेका देउवाले भने,‘भोली कुनै बाटो भएन भने हामी चुनावमा जानुपर्ने हुनसक्छ, जनताको घर दैलोमा जानुपर्छ।’ चुनाव बाहेक अर्को बाटो नहुन सक्ने उल्लेख गरेका देउवाले जितेर आफ्नो सरकार बनाउनुपर्ने बताएका छन्।

अहिलेको परिस्थितिमा सरकारको नेतृत्वमा आफूले दाबी नगरेको बताएका उनले जसले लिए पनि बहुमत संख्या नभई कसरी सरकार बनाउने? भनी प्रश्न गरेका थिए।

प्रतिक्रिया