२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा


काठमाडौं — सुन तस्करीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा छाड्ने आदेश दिएपछि महराले धरौटी रकम बुझाई काठमाडौं जिल्ला अदालतमा उपस्थित भई रिहा भएका हुन्।

महरा सुन तस्करी प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परेका थिए। पक्राउपछि उनीमाथि काठमाडौं जिल्ला अदालतमा थुनामा राखेर अनुसन्धान हुँदै आएको थियो। अब उनी मुद्दा फैसला नहुन्जेलसम्म अदालतमा हाजिर हुने शर्तमा बाहिर रहन पाउनेछन्।

 

प्रतिक्रिया