एमालेद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर


काठमाडाैं- संसद् विघटनविरुद्ध नेकपा (एमाले)ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमालेको तर्फबाट नेता महेश बर्तौला र नेतृ सुनिता बरालले मंगलबार रिट दायर गरेका हुन् ।

संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको नेता बर्तौलाले बताए । असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट निवेदन दायर गरिएको उनले बताए ।

एमालेले संसद् विघटनलाई असंवैधानिक भन्दै आएको छ । संसद् विघटनविरुद्ध सर्वोच्चमा यसअघि पनि रिट परेका छन् ।

 

प्रतिक्रिया