भृकुटीमण्डपमा एमालेको वृहत् जनसभा, सुरक्षा व्यवस्था कडा


काठमाडौं – नेकपा एमालेले आज राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको वृहत् जनसभा सुरु भएको छ। ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभामा प्रदर्शन पनि समावेश गरिएको छ।

भृकुटीमण्डप क्षेत्रमा बिहानैदेखि नेता तथा कार्यकर्ताहरू भेला हुन थालेका छन्। उनीहरू पार्टीका झण्डा, प्लेकार्ड र विभिन्न माग तथा संदेश सम्बोधन भएका ब्यानरसहित सभास्थलमा पुगेका छन्। जनसभाका कारण काठमाडौंका मुख्य सडक तथा आसपास क्षेत्रमा भीड बढेको छ।

सभा सुरक्षा व्यवस्थामा करिब १५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भृकुटीमण्डप क्षेत्रमा मात्र डेढ सय सशस्त्र प्रहरी खटाइएका छन्। यस्तै काठमाडौंका विभिन्न भागमा १२ सयभन्दा बढी नेपाल प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया