
लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सातौं खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको यो खेलमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन जोड्यो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए। उनले दोस्रो विकेटका लागि डार्सी सर्टसँग ३६ र छैटौं विकेटका लागि जे जे स्मिथसँग ३५ रनको साझेदारी गरे।
१.३ ओभरमा लुम्बिनीले पहिलो विकेट गुमायो। नन्दन यादवको बलमा विलियम वासिस्टोले क्याच गरे। सन्दीप जोरा १ रनमै पेभेलियन फर्किए।
पावरप्लेमा १ विकेट गुमाउँदै ३६ रन बनाएको थियो। डार्सी सर्टले १९, जे जे स्मिथले २३ रन बनाए। रुबिन ट्रम्पलमेन २९ र शेर मल्ल ७ रनमा अविजित रहे।
कर्णालीका लागि नन्दन यादवले २ विकेट लिँदा सोमपाल कामी, विलियम वासिस्टो, गुल्सन झा, मार्का वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिए।



कागजपत्र |
