माओवादीले सांसद पद खाएपछि खुस्किएकै मन्त्रालयमा पुनर्नियुक्ति लिँदै चार नेता


काठमाडौं– प्रतिनिधि सभा सदस्यबाट माओवादी केन्द्रले बर्खास्त गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले खुस्कीएको मन्त्री पदमा पुनर्नियुक्ति पाउने भएका छन्।

उर्जामा रायमाझी, उद्योगमा भट्ट, सहरी विकासमा साह र श्रममा चौधरीलाई पुनर्नियुक्ति गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराउनेछन्।

६ महिनासम्म उनीहरू मन्त्री पदमा रहनेछन्। सो बीचमा उपनिर्वाचनमा निर्वाचित गराउने तयारी नेकपा एमालेले गरेको छ। चारै जनाले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।

सांसद पद गएपछि अर्घाखाँची, कैलाली–२, ३ र रौतहट–३ निर्वाचन क्षेत्र खाली भएका छन्। सोही क्षेत्रमा उपनिर्वाचनमा भाग लिएर प्रतिनिधि सभामा आउने चारै जनाको तयारी छ।

सम्बन्धित मन्त्रालयमा नै जिम्मेवारी दिनेगरी तयारी भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जनाएका छन्।

प्रतिक्रिया